प्रदेशलाई आपतकालीन गोदामघर हस्तान्तरण

सुर्खेत– संघीय सरकार मातहत रहेको वीरेन्द्रनगर ७ स्थित प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई स्वामित्व हस्तान्तरण गरेका हुन् ।


विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री भण्डारन गर्ने उद्देश्यका साथ गोदामघर निर्माण गरिएको थियो । अब यो आपतकालिन गोदामघर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन एवं व्यवस्थापन सञ्चालन गर्नेछ ।

गृहमन्त्री लेखकले पश्चिम नेपालमा भूकम्प, बाढीपहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विभिन्न विपद्को जोखिममा रहेकाले आपतकालिन गोदामघर उपयोगी हुने बताए । ‘विपद् जतिबेला पनि आउन सक्छ, पूर्वतयारीका लागि यस्ता संरचनाहरु आवश्यक रहन्छन्,’ उनले भने । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य प्रारम्भ भएको उनको भनाई छ । अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रुत गतिबाट काम गर्न लागिएको लेखकले जनाए ।

मुख्यमन्त्री कँडेलले गोदामघर हस्तान्तरण गरेकामा संघीय सरकारलाई धन्यवाद दिँदै भने, ‘तर यो दिनका लागि सात वर्ष लाग्यो, भौतिक संरचनासँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न ढिला भइसक्यो ।’ जग्गा व्यवस्थापनको अधिकार नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको मुख्यमन्त्रीको भनाई थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,