मियाँले सम्हाले प्रदेश प्रमुखको कार्यभार

सुर्खेत– सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेश प्रमुखको पनि कार्यभार सम्हालेका छन् । आइतबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मियाँले कार्यभार सम्हालेका हुन् ।


कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी एक महिना लामो उपचारका लागि अमेरिका गएपछि मन्त्रिपरिषद् बैठकले सुदुरपश्चिम प्रदेशका प्रमुख मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ देखि असार १३ गतेसम्मका लागि आँखाको उपचारका क्रममा अमेरिकामा रहनेछन् । सोही अवधिका लागि मियाँले जिम्मेवारी पाएका हुन ।

प्रदेश प्रमुख मियाँसमक्ष आइतबार नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन् ।

 

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,