सुर्खेत– सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेश प्रमुखको पनि कार्यभार सम्हालेका छन् । आइतबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मियाँले कार्यभार सम्हालेका हुन् ।
कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी एक महिना लामो उपचारका लागि अमेरिका गएपछि मन्त्रिपरिषद् बैठकले सुदुरपश्चिम प्रदेशका प्रमुख मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ देखि असार १३ गतेसम्मका लागि आँखाको उपचारका क्रममा अमेरिकामा रहनेछन् । सोही अवधिका लागि मियाँले जिम्मेवारी पाएका हुन ।
प्रदेश प्रमुख मियाँसमक्ष आइतबार नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन् ।

कर्णाली समय । १२ जेष्ठ २०८२, आईतवार २२:५०