सुर्खेतबाट तारा एयरको उडान बन्द

सुर्खेत– तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान सेवा बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।


कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा हवाई सेवा उद्घाटन गरेका थिए । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सका मिनबहादुर रावलले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । उनका अनुसार मुगु, हुम्ला र जुम्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम भएपनि प्रदेश सरकारबाट आवश्यक सहुलियत प्राप्त नहुँदा उडान सेवा बन्द गर्नुपरेको हो ।

तारा एयरको उडान बन्द भएपछि ती जिल्लामा यात्रु तथा कार्गो सेवाका लागि सुर्खेतबाट नेपालगञ्ज जानुपर्ने भएको छ । हाल नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र गोमा एयरले हवाई सेवा प्रदान गर्दै आएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,