कर्णाली मन्त्रिपरिषद् बैठक : स्थानीय अस्पतालको सुदृढिकरणका लागि बजेट पठाइने

सुर्खेत– कर्णाली सरकारले प्रदेश मातहतको अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रका स्वास्थ्य संस्था सुदृढिकरणका लागि तीन करोड बजेट अख्तियारी दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्थाहरुका लागि बजेट अख्तियारी प्रदान गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित सालकोट अस्पताल, दैलेखको दुल्लूस्थित दुल्लू अस्पताल र जुम्लाको हिमा गाउँपालिकास्थित कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका स्तरोन्नतिका लागि सम्बन्धित स्थानीय तहलाई एक/एक करोड बजेट पठाउन लागेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले इलाका प्रहरी कार्यालय राकमकर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,