कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णयसँगै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश पमुख परियारले अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका छन् । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पढेर सभामुख नन्दा गुरुङले अधिवेशन अन्त्य भएको घोषणा गरेकी थिइन् ।

३० फागुनमा सुरु भएको तेस्रो अधिवेशनमा १२ घण्टा ५६ मिनेट गरी कुल ११ वटा बैठक बसेका छन् । तेस्रो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए लिएका छन् । यस्तै, यो अवधिमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा दफावार छलफलका लागि दर्ता भएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,