‘नत बने हिरोइन नत डाक्टर-नर्स’ (भिडियोसहित)

सुर्खेत– गायिका भावना आचार्यले नयाँ म्युजिक भिडियो ‘न त बने हिरोइन…’ सार्वजनिक गरेकी छिन् । नबिन पाण्डेको शब्दमा गायिका स्वयंकै संगीत रहेको गीतको एरेन्ज श्याम श्वेत रसाईलीले गरेका हुन् ।

भिडियोमा मोडल मिस पवी, राजन अधिकारी र भावना रोमान्टिक मुडमा देखिएका छन् । छमछम नचाउने खालको भिडियोको कन्सेप्ट गायिका भावनाकै हो भने निर्देशन नितिन चन्दले गरेका हुन् । गायिका आचार्यले केही दिन अघि ‘सोच सोच केटी हो…’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त म्युजिक भिडियो भावनाले नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडीलाई लिएर ‘सोच सोच केटी हो…’ भिडियो निर्माण गरेकी थिइन् । जुन भिडियोबाट लामो समयपछि नायिका शिल्पा फेरी काममा फर्किएकी हुन् ।

भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

भिडियो लिंक यहाँ छ- https://youtu.be/Oe-rHpmRkxQ



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,