सुर्खेत– गायिका भावना आचार्यले नयाँ म्युजिक भिडियो ‘न त बने हिरोइन…’ सार्वजनिक गरेकी छिन् । नबिन पाण्डेको शब्दमा गायिका स्वयंकै संगीत रहेको गीतको एरेन्ज श्याम श्वेत रसाईलीले गरेका हुन् ।
भिडियोमा मोडल मिस पवी, राजन अधिकारी र भावना रोमान्टिक मुडमा देखिएका छन् । छमछम नचाउने खालको भिडियोको कन्सेप्ट गायिका भावनाकै हो भने निर्देशन नितिन चन्दले गरेका हुन् । गायिका आचार्यले केही दिन अघि ‘सोच सोच केटी हो…’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त म्युजिक भिडियो भावनाले नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडीलाई लिएर ‘सोच सोच केटी हो…’ भिडियो निर्माण गरेकी थिइन् । जुन भिडियोबाट लामो समयपछि नायिका शिल्पा फेरी काममा फर्किएकी हुन् ।
भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने लगायतका गीतहरु बजारमा आइसकेका छन् ।
भिडियो लिंक यहाँ छ- https://youtu.be/Oe-rHpmRkxQ

कर्णाली समय । २४ श्रावण २०८२, शुक्रबार १६:३०