यु–१६ क्रिकेट : उत्कृष्ट सात खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

सुर्खेत– ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । मिड भ्याली एसएस कलेज सानोठिमी भक्तपुरको सहकार्यमा ग्रेस इन्टरनेशनलले सात प्रदेशका एक/एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो ।

वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु रबिन मण्डल (कोशी), रुपेश यादव (मधेश), रोमन भट्टराई (बाग्मती), प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्णाली) र लोकेश चन्द (सुदुरपश्चिम) लाई छात्रवृत्तिमा अध्ययनका लागि प्रमाणपत्र प्रदान गरिएको छ । कालुङचोक क्रिकेट मैदानमा विहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रमाणपत्र प्रदान गरे ।

ग्रेस इन्टरनेशनल सुर्खेतका निर्देशक विशाल ढकालले खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट संघ, कर्णाली प्रदेशलाई क्रिकेट सामग्रीहरु समेत प्रदान गरेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,