लक्ष्मी सनराईज बैंकको डिजिटल डिसेम्बर अभियान

सुर्खेत- लक्ष्मी सनराईज बैंकले आफ्नो #DigitalDecember पहल अन्तर्गत डिजिटल वित्तीय सचेतना फैलाउने उद्देश्यले वीरेन्द्रनगरका व्यापारी, कर्मचारी, प्राध्यापक, जनप्रतिनिधी तथा अन्य सरोकारवाला पक्षसँग डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले चालु डिसेम्बर महिनामा डिजिटल कारोबारलाई प्रवर्द्वन गर्ने उद्देश्यले विभिन्न अफर, अभियान तथा अन्तर्क्रिया गरी डिजिटल डिसेम्बरका रुपमा मनाईरहेको छ । यसै सन्दर्भमा बैंकले वीरेन्द्रनगरका विभिन्न व्यवसायी, शिक्षक, विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायतको उपस्थितिमा डिजिटल कारोबारका सहजता र समस्याका विषयमा विमर्श कार्यक्रम गरेको हॊ ।

विरेन्द्रनगरका विभिन्न व्यवसायी तथा पेशाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालका उपनिर्देशक बाबुराम कोइरालाले डिजिटल भुक्तानी र कारोबार आजको युगमा महत्त्वपूर्ण बन्दै गएको अवस्थामा यसबाट हुन सक्ने स्क्याम (Scram) तथा अन्य ठगीबाट बच्न ग्राहकहरु सचेत बन्नुपर्ने कुरामा जोड दिए।

डिजिटल संवाद कार्यक्रमको panel discussion मा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डिन दिप बहादुर रावलले विश्वविद्यालयका विभिन्न पाठ्यक्रमलाई समेत परिमार्जन गर्दै डिजिटल बैँकिङ्ग प्रविधिहरु सम्बन्धी कक्षाहरु पनि सञ्चालन गर्दै लागिने बताए । त्यस्तै, नेपाल प्रहरी साइबर सुरक्षा व्युरोका प्रतिनिधि प्रहरी सहायक निरीक्षक शशि कुमार वि.क. ले डिजिटल ठगी र यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरुका बारेमा जानकारी दिए । साथै सुर्खेत उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गणेश कार्की, सुर्खेत युवा उद्यमी फोरमका प्रथम उपाध्यक्ष लक्ष्मी कार्की तथा विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा सदस्य मिरा पन्त बोहोराले व्यवसायी तथा जनसमुदायमा डिजिटल बैंकिंगको बढ्दो प्रयोग र यसमा देखिएका समस्याबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा इ-सेवा (eSewa) को तर्फबाट कर्णाली प्रदेशका सेक्टर लिड आविस्कार भण्डारी र नयाँ डिजिटल युगको प्रविधि orangeNXT को तर्फ बाट युनुस जोशी ले पनि डिजिटल बैँकिङ्ग बारे आफ्नो प्रस्तुति दिए। कार्यक्रममा लक्ष्मी सनराइज बैंकका डिजिटल च्यानल अपरेशन्स विभाग प्रमुख सुमन प्रसाद गेलाल, लक्ष्मी सनराइज बैंकका कर्णाली प्रदेश प्रमुख दिवाकर दत्त जोशी लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,