यी हुन् बुधबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सुर्खेत– कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि सल्यान शारदा नगरपालिका–३ का २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीका अनुसार बैठकले नेपाल बार एशोसियनको सुर्खेतमा सम्पन्न वार्षिक साधारण सभाको लागि १५ लाख अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकोमा कृषकहरुलाई ६ करोड रुपैयाँ राहत प्रदान गर्न स्वीकृति दिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,