सुर्खेतका ३ कृषकलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

सुर्खेत– सुर्खेतका उत्कृष्ट तीन कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले भेरीगंगा नगरपालिका ८ का विनोद शर्मा, वीरेन्द्रनगर नगरपालिका–१३ ललितप्रसाद लामिछाने र भेरीगंगा नगरपालिका १० मा अञ्जना बुढालाई नगदसहित पुरस्कार प्रदान गरेको हो ।


उत्कृष्ट कृषकलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले पुरस्कार प्रदान गरे । उत्कृष्ट कृषकहरुमा शर्माले केरा खेती, लामिछानेले मेवा, ड्रागन र बुढाले तरकारी गर्दै आएका छन् । निर्देशनालयका अनुसार शर्मालाई ३० हजार, लामिछानेलाई २५ हजार र बुढालाई २० हजार राशीको पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार वितरण गर्दै मन्त्री शाहले उत्पादन वृद्धि गर्न किसानलाई प्रेरणा जरुरी रहेको औंल्याए । ‘कृषि क्षेत्रको योगदान राष्ट्रिय पूँजीमा धेरै छ, कृषिको व्यवसायिकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ, उनले भने, ‘वास्तविक किसानले भन्दा बिचौलियाले अनुदान प्राप्त गर्छन् भन्ने हल्ला चिर्न इमान्दारीपुर्वक काम गर्नुपर्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाई प्रमुख डा. धर्मराज गिरी कर्णालीबाट दुई जना किसानले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाएको जनाए । ‘अरुले पनि अनुशरण गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘हाम्रो परियोजनाले पनि उत्कृष्ट कृषकसँग काम गरेको छ, मौद्रिक र गैरमौद्रिक सम्मानले किसानको हौसला प्रदान गर्छ ।’

एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायले कर्णाली प्रदेश सरकारले कृषिमा अन्य प्रदेशभन्दा धेरै राम्रो काम गरेको बताउँदै जुम्लामा ६० करोड स्याउ, सल्यानमा ४० करोडको अदुवा, ६० करोडको सुन्तला र सुर्खेतबाट १२ करोड अदुवा विदेश निर्यात हुनु सकारात्मक सन्देश हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,