प्रदेश स्थापनाका दिवसका अवसरमा कर्मचारी र पत्रकार पुरस्कृत

सुर्खेत–प्रदेश सरकारले निजामती कर्मचारी र पत्रकारलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ । प्रदेश स्थापना दिवसका अवसरका मंगलबार आयोजित समारोहमा १३ निजामति कर्मचारी र ३ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८१ बाट कान्तिपुर दैनिकका कालीकोट संवाददाता तुलाराम पाण्डे, अनलाइनखबरका प्रदेश प्रतिनिधि यज्ञ खत्री, अन्नपूर्ण पोष्टका जाजरकोट संवाददाता राजेन्द्र कार्की पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५० हजार राशीको नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रदेश निजामती सेवा सर्वोत्कृष्ट पुरस्कार कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्कालाई प्रदान गरिएको छ । खड्कालाई नगद १ लाख राशिको पुरस्कारबाट सम्मानित गरिएको हो । ७५ हजार राशीको निजामती सेवा उत्कृष्ट पुरस्कार डा. रविन खड्का र शिखर चपाईलाई प्रदान गरिएको छ । खड्का स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक हुन् भने चपाई भू–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका कामु प्रमुख हुन् ।

त्यस्तै यस वर्षको प्रदेश निजामती सेवा पुरस्कारबाट १० जना सम्मानित भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत खगेन्द्र खत्री, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका ललित थापा, शिक्षा विकास निर्देशनालय सुर्खेतका प्रमुख दीपा हमाल, प्रदेश लोक सेवा आयोगका प्रेम आचार्य, मुख्यमन्त्री कार्यालयका युवराज न्यौपानेले प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।

जिल्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख नृपजंग शाही, जलस्रोत तथा सिँचाइ विकास कार्यालय डोल्पाका इन्जिनियर टेक हिताङ, कृषि विकास कार्यालय हुम्लाकी कृषि विकास अधिकृत सम्पत्ति बुढा, सिँचाइ विकास कार्यालय सल्यानका प्रमुख ज्वालाराज शाही र डिभिजन वन कार्यालय रुकुम पश्चिमका शेरबहादुर परियार पनि प्रदेश निजामती सेवा पुरस्काबाट सम्मानित भएका छन् । उनीहरूलाई जनही ५०÷५० हजार नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,