वीरेन्द्रनगरका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकाससम्बन्धी तालिम

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले आफ्ना जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवा प्रवाह सुदृढीकरणसम्बन्धी तालिम प्रदान गरेको छ । नगर कार्यपालिकाको कार्यालय र वडास्तरबाट प्रवाह हुने सेवालाई पारदर्शी र जनमैत्री बनाउन जनप्रतिनिधि, कर्मचारीका लागि नेतृत्व विकास तालिम आयोजना गरिएको हो ।


दुई दिने तालिमको शनिबार समापन गर्दै नगर प्रमुख मोहनमाया ढकालले सेवाग्राहीलाई सहज, छिटो छरितो र प्रभावकारी रुपले सेवा प्रवाह गर्न तालिम फलदायी भएको बताइन् । तालिममा विज्ञहरुले संविधान र तहगत सरकारको समन्वय तथा अन्तरसम्बन्ध, विश्व अभ्यास र नेपाल, योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार र कानून निर्माण प्रक्रिया तथा अभ्यास र व्यक्तित्व विकास, आत्म विकास, नेतृत्व सीप, नैतिकता र सदाचारका विषयमा सहजीकरण गरेका थिए । साथै स्थानीय सरकारका पदाधिकारीको काम, कर्तव्य र अधिकार, न्यायिक समितिको न्याय सम्पादन र असल अभ्यासको अनुभव आदानप्रदान र नगरपालिकाको काम कारवाहीलाई उत्कृष्टतामा रुपान्तरित गर्ने सूत्रहरु अर्थात् स्वमूल्यांकन प्रणालीको विषयमा पनि छलफल भएको थियो ।

प्रशासनविद् काशीराज दाहाल, पूर्व सचिव एवं पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, स्थानीय शासनविज्ञ डा. सीता ढुंगाना लगायतले तालिमको सहजीकरण गरेका थिए । तालिममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सचिव र अन्य कर्मचारीहरुको सहभागिता थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,