राहतसहित भूकम्प प्रभावित क्षेत्रमा मेडिकल आपूर्ति संघको टोली

सुर्खेत– रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सुर्खेतको टोली राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । सर्जिकल स्वास्थ्य सामग्री, लत्ताकपडा र खाद्यान्न सामग्री लिएर  टोली शनिबार जाजरकोट पुगेको हो ।


संघका सुर्खेत उपाध्यक्ष रवि थापाले छिमेकी जिल्लाका नागरिकले ठूलो विपत्ति भोगिरहेकाले राहत सामग्री लिइर जाजरकोट र रुकुम पश्चिम जाने बताए । जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

भूकम्पमा परी १७० जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारसंगै विभिन्न निकाय र संघसंस्थाहरु राहत साम्रगी लिएर प्रभावित क्षेत्रमा पुगेका छन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,