जलस्रोत तथा उर्जा विकास मन्त्रालयको समिक्षा सुरु

सुर्खेत- कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मातहतका १० जिल्लामा रहेका कार्यालयहरूको बार्षिक प्रगति समीक्षा सुरु भएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षको कार्यक्रमहरु माथि छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता सिडिई पदमराज देवकोटाले जानकारी दिए ।


जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाको प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव इन्द्रदेव भट्टको अध्यक्षतामा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयअन्तर्गतका १०जिल्लाका कार्यालय प्रमुखहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि, मन्त्रालयका महाशाखाका प्रमुख लगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित ९ जिल्ला कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादित कार्यहरुको प्रगति विवरण प्रस्तुत गरिरहेका छन् । मन्त्रालयले यो वर्ष विनियोजित २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड (७९.५४%) खर्च गरेको छ । जसमा चालुतर्फ ६७.३६% र पुँजीगततर्फ ८०.५५% बजेट कार्यान्वयन भएको छ । यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा बढी हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,