प्रदेशस्तरीय छनौट प्रतियोगिता शुरु

सुर्खेत– कर्णालीमा १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद्द्धारा आइतबारदेखि वीरेन्द्रनगरमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभयो । मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको औंल्याउनुभयो । “कर्णालीले गिनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकाया जस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ,” उहाँले भन्नुभयो, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।” साथै उहाँले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रंगशाला निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाएको बताउनुभयो ।

काँग्रेस प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताउनुभयो । त्यस्तै एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतालाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको टिप्पणी गर्नुभयो ।


उद्घाटन खेलमा कीर्तिमानी धावक रोकायाले ओलम्पिक टर्च बालेर मार्च पास गर्नुभयो । छनौट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर ७८४ भन्दा बढीको सहभागिता रहेको छ । प्रतियोगिता बैशाख ५ गते सम्पन्न हुनेछ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,