कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशन : अध्यक्षमा मानव बम निर्विरोध, महासचिवमा भरत डांगी मनोनित हुँदै

सुर्खेत- कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा मानव बम सर्वसम्मत निर्वाचित भएका छन्। महासंघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

महासंघ उपाध्यक्षमा तुलराज शाही, सचिवमा नवीनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह, सहकोषाध्यक्षमा शिमिला खड्का, सदस्यहरूमा मनबहादुर चँदारा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही, खड्गबहादुर शाही र ध्वजबहादुर शाही चयन भएका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष र महासचिव पहिलो बैठकबाट मनोनीत गर्ने सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा प्रदीप खड्का र महासचिवमा भरत डाँगी मनोनित गरिने भएको छ।

सुर्खेतमा दुई दिनसम्म चलेको अधिवेशनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका निर्माण व्यवसायी, प्रतिनिधि, पर्यवेक्षक तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो। अधिवेशनले संगठनको आगामी तीन वर्षे नेतृत्व चयन गर्दै निर्माण व्यवसायीका हकहित संरक्षण, व्यवसायको सम्मान, विकास निर्माणमा गुणस्तर अभिवृद्धि तथा राज्यसँग प्रभावकारी समन्वय गर्ने लक्ष्यसहित नयाँ कार्यदिशा तय गरेको जनाएको छ।

नवनिर्वाचित अध्यक्ष बमले इमान्दारिताका साथ निर्माण व्यवसायीको हकहित, व्यवसायको सम्मान र विकास निर्माणमा नयाँ गति दिने प्रतिवद्धता जनाएका छन्। महासंघलाई अझ बलियो, जिम्मेवार र व्यवसायीमैत्री संस्थाका रूपमा स्थापित गर्ने बताए।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,