कर्णालीले बनायो निराश, सुदूरको संघर्ष जारी

सुर्खेत– वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टिबि स्मृति प्रथम राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौ दिन घरेलु टोली कर्णालीले निराश बनाउँदा सुदुरपश्चिमले प्रतियोगितामा टिक्न संघर्ष जारी राखेको छ ।


बुधबार कालुंगचोक मैदानमा भएको खेलमा कर्णालीले कोशीलाई ९१ रनले नतिजा सुम्पिदा वीरेन्द्रनगर मैदानमा पश्चिमेली टोलीले गण्डकीलाई ७ विकेटले हराउँदै आफ्नो संघर्ष कायमै राखेको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेका प्रतियोगिताको नवौं दिन घरेलु मैदानमा टस जितेर बलिंग रोजेको कर्णालीविरुद्ध कोशीले ४४ ओभर १ बल खेल्दै १० विकेटको क्षतिपूर्तिबापत जम्मा १ सय ८२ रनको मध्यम स्कोर खडा ग¥यो । अपेक्षाअनुसार नै बलिंग गरेको कर्णालीका बलरहरुले शुरुवादेखि नै विपक्षीलाई खुलेर खेल्ने मौका दिएनन् फलस्वरुप, ओपनिंगदेखि मध्यक्रमसम्ममा ब्याटरहरु नियन्त्रित रुपमा खेले ।

कोशीका ओपनर अफ्नन ताहिरलाई बोल्ड गर्दै रोयल डक बनाएर ईनिंगको शुरुवात गरेका विजय बोहराले रविन मण्डललाई ३७ रन र विकास कामतलाई ११ रनमा बोल्ड गर्दै आफ्नो वर्चश्व देखाए । १० ओभरको बलिंगमा कोशीका शिवांश बजगाईंलाई पनि डक आउट गराउँदै शुरुवाती ३ विकेट लिएपनि ४१ डटमा ४१ रन दिएका विजयले १० वाईड र १ नोबल गरी ११ रन अतिरिक्त खर्चिए । ओपनरमध्येका एशिल मण्डललाई ३८ बलमा १८ रनको व्यक्तिगत स्कोर जोडेको अवस्थामा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले एलबीडब्ल्यूको धरापमा पार्दै पवेलियन फर्काए ।

प्रतियोगिताको शुरुदेखि नै निकै अनुशासित र किफायती बलिंग गर्दै आएका कप्तान विपिनले २ दशमलव ५ शून्यको औषतमा १ मेडन, ४५ डट खेल्दै २५ रन खर्चिएर १ विकेट लिए । अन्य बलरलेपनि अपेक्षाकृत राम्रै बलिंग गर्ने क्रममा एकेन्द्र बुढाले २८ रनमा ३, नवीन न्यौपानले २४ रनमा २ विकेट झार्दै आप्mनो जिम्मेवारी पुरा गरे ।
एकपछि अर्को विकेट पतन भएपछि धर्मराएको कोशीको पारीलाई सम्हाल्दै मिडल अर्डरका रविन मण्डलले ३७ तथा सातौं क्रमका सुगम बुढाथोकीले ५४ रनको अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोरसम्म पु¥याए ।

यी दुईको बीचमा आएका प्लयेर अफ दि म्याच कविराज खत्रीले १८ विकास कामतले ११ रनको व्यक्तिगत स्कोर थप्दा कर्णालीले २५ रन अतिरिक्त भुक्तानी दियो ।
१ सय ८२ रनको मध्यम स्कोर पछ्याएको कर्णालीले ओपनरमध्ये कौस्तुभ खड्कालाई १२ तथा नवीन न्यौपानेलाई ४ रनमा गुमाएपछि सम्हालिने मौकै पाएन । तेश्रो क्रमका ब्याटर भूपेन्द्रजंग शाही रविन मण्डलको बलमा सुयोग भट्टराई क्याच थमाउँदै गोल्डेन डक हुँदा चौथो नम्बरका नेत्रविक्रम खत्री पनि सुुयोगकै बलमा शिवांशलाई क्याच थमाउँदै शून्यमै डगआउट फर्किए ।

कर्णालीका लागि सर्वाधिक २४ रन जोडेका रोशन शाही, १४ रन जोडेका विजय वोहोरा र नमनसिंह थापाले ११ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त भएन । कोशीका लागि कविराज खत्रीले ४ विकेट लिंदा रविन मण्डल, सुयोग भट्टराई तथा हार्दिक गोठियाको नाममा समान दुई दुई रह्यो । उता प्रतियोगितामा टिक्न संघर्षरत सुदूरपश्चिमले वीरेन्द्रनगर मैदानमा भएको खेलमा प्रतियोगिताको कमजोर गण्डकी मानिएका गण्डकीलाई ७ विकेटले हराउँदै दोश्रो जीत पाएको छ । वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको गण्डकीले ४७ दशमलव १ ओभरमा १० विकेट गुमाई १ सय ४२ रन जोड्यो । गण्डकीका लागि करन गैरेले २७, रा्ेज श्रेष्ठले २५, अनिष श्रेष्ठ १७, शैलेश काफ्ले ११ र विनय कार्कीले १० रन जोडे भने बाँकीले त्यो अंक पूरा गर्न सकेनन् ।

सुदुरका तर्फबाट सुशिल रावलले ३ विकेट आफ्नो नाममा लेखाउँदा राहुल सावँद र हिमाल दौल्यालले समान दुई दुई विकेट हात पारे । १ सय ४३ रनको लक्ष्य भेट्याउन मैदान उत्रिएको सुदूरका लागि ओपनर विक्रम बोहराले जिम्मेवारीपूर्ण पारी खेल्दै १ सय २९ को स्ट्राईक रेटमा ४४ बल खेल्दै ५७ रनको अर्धशतकीय इनिंग पुरा गरे ।
करन गैरेको बलमा सुप्रिम सुनारलाई क्याच थमाउनुअघि विक्रमले ८ चौका र २ छक्का ठोक्दै आफ्नो जिम्मैवारी पुरा गर्दै टिमको जीतका लागि बलियो जग बसाले ।

तेश्रो क्रमका ब्याटर भाष्कर जोशीले नट आउट ४६रनको योगदान दिंदा आयूष चन्द ७, अविरल विक ८ र लोकेश चन्दले ५ रन जोड्दै जीत निश्चित गरेपछि अरुले ब्याटिंग गर्नुपरेन । हालसम्म एक पनि खेल जित्न नसकेको गण्डकीका लागि रिदम पाण्डे, सुशील भुषाल र सुप्रिम सुनारले समान एक एक विकेट लिए ।