४० वर्ष मूनीका युवा देशको प्रधानमन्त्री हुन जरुरी छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बालक्लवमा लागेका युवाहरु ४० वर्ष मूनी नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताएका छन् । ‘बालक्लवमा आवद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ,’ काठमाडौंमा आइतबार बाल क्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘जसका लागि ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ ।’


नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बाल क्लवमा लगानी बढाउन आवश्यक रहेको बताउँदै उनले बालबालिकामा लगानी बढाई देशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष तिमिल्सिनाले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बालबालिकालाई प्राथमिकतामा राखी काम गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘अहिले पनि बालबालिका विभिन्न हिंसा दुव्र्यवहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्ध छ,’ उनले भने । युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बालअधिकार प्रर्वद्धन गर्न साथै बाल क्लवमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको बताइन् । ‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ,’ उनले भनिन्, ‘आज नेपालमा जनसंख्याको लाभांशको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुन्छ ।’

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रवद्र्धनमा समेत काम गरिराखेको र बालक्लवका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत उनले जोड दिइन् । साथै देशले सामाजिक सुरक्षामा लगानी गरिरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न उनले आग्रह गरिन् ।

वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरिरहेको बताए । बाल क्लवका पुर्वसदस्यहरुले देशमा योगदान गर्न सक्ने वातावरणका लागि सहकार्य गर्न वल्र्डभिजन तयार रहेको उनको भनाई थियो । यो सम्मेलनबाट देशलाई विस. २०८७ सम्म बालमैत्री र पोषणमैत्री गराउने योजना निर्माण गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

१८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा सोमबारसम्म छलफल गर्नेछन् । हाल देशभर ३० हजार भन्दा बढी बालक्लवहरु सक्रिय छन् । बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्ध छन् । जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहित चङ्गा फाउण्डेशन, हामी दाजुभाई, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन् ।

सम्मेलनमा बालअधिकारकर्मी राजेश शर्माले स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी गराएका थिए । उनका अनुसार जलवायु परिवर्तनले बालबालिकामा परेको असर, बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुव्र्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ । सम्मेलनका संयोजक एवं जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेललेबालक्लवका पुर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीय तह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको  बताए ।

अध्यक्षका पौडेलले देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिवृद्धि, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्नेछ ।