सुर्खेत– उत्कृष्ट कार्य सम्पादन गरेबापत प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्का सम्मानित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य तथा राष्ट्रिय सेतो कोट दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा खड्कालाई नगद, प्रसंशा पत्रसहितले सम्मान गरेका हुन् ।
उनले यो सम्मानले आफू र प्रदेश अस्पताल परिवारलाई अझ उत्साहित भएर काम गर्ने हौसला प्राप्त भएको बताए ।


कर्णाली समय । २३ आश्विन २०८०, मंगलवार १९:४९