जाजरकोटमा वृक्षारोपण अभियान सुरु

सुर्खेत–राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसर पारेर डिभिजन वन कार्यालय जाजरकोटले जिल्लाका विभिन्न क्षेत्रहरूमा एकैपटक वृक्षारोपण अभियान सुरु गरेको छ ।


जाजरकोट जिल्ला समन्वय प्रमुख श्री कालीबहादुर खत्रीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत कृष्णराम धिताल लगायतको उपस्थितिमा भेरी नगरपालिका वडा नं १ स्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयमा वृक्षारोपण आरम्भ गरिएको छ । वृक्षारोपण गरिएकामा ८० वटा कागियो सल्ला, धुपी, मयुर पंखी, सितलचिनी लगायत बिरुवा छन् ।

भेरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत तारासिंह भुलका अनुसार वृक्षारोपण अभियानकै सिलसिलामा भेरी नगरपालिका १३ स्थित जुगेलडाँडा सामुदायिक वन उपभोक्ता समूहमा ४.५ हेक्टर, रानिचौर सामुदायिक वन उपभोक्ता समूहको नदि उकास क्षेत्रमा १.५ हेक्टर क्षेत्रफलमा सिसौ, खयर सहित २५०० बिरुवा रोपण गरिएको छ । यस्तै नलगाड नगरपालिकाको वडा नम्बर ७ स्थित नदिउकास क्षेत्रमा समेत सिसौ, खयर प्रजातिका १६०० बिरुवालाई १ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिने निमित्त डिभिजनल वन अधिकृत कृष्णराम धितालले जानकारी दिए । जिल्ला भरी सामुदायिक वन, कबुलियती वन, नदी उकास क्षेत्रमा संरक्षण सहितको वृक्षारोपन गरिने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख कालीबहादुर खत्रीद्वारा डिभिजन वन कार्यालयले सञ्चालन गरेको वृक्षारोपण अभियानलाई धन्यवाद दिँदै रोपण भएका बिरुवाको संरक्षण र आउँदा दिनमा बहुउपयोगी विरुवाको रोपण गर्न समेत सुझाव दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,