गृहमन्त्री भन्छन्, ‘पूर्वराजा हौसिन आवश्यक छैन्’

सुर्खेत– गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक नहौसिन आग्रह गरेका छन् ।

सुर्खेतमा आइतबार बिहान पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनआन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई जनताले पुनः फर्काएर ल्याउँछन् भन्ने कुरामा विश्वास नगर्न भनेका हुन् । ‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन् ।’
उदार लोकतन्त्रका कारण जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेके उनको भनाई छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजालाई चेतावनी दिए । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कन लागेको विषयमा सुरक्षा व्यवस्था कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा लेखकले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,