भावना आचार्यले ल्याइन नयाँ तिज कोशेली– ‘सोच सोच केटी हो…’

सुर्खेत– गायिका भावना आचार्यले तीज कोशेली ‘सोच सोच केटी हो’ बोलको गीत ल्याएकी छिन् । सोमबार भावना आचार्य युट्युब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा कलाकार शिल्पा पोखरेल, राजन अधिकारी, अमृत आचार्य र नविन किशोरको अभिनय रहेको छ ।


स्वर, संगीत र लय भावना आचार्यकै छ । उनलाई रामचन्द्र काफ्लेले स्वरमा साथ दिएका छन् । संगीत एरेन्जर हेमन्त शिशिर तथा भिडियो निर्देशन नितिन चन्द, कोरियोग्राफर सुरेन्द्र बसेल छन् । भावनाले यस अघि ‘बग्ने खोला..’, मुलको पानी, ‘माया बस्ला फेरि…’, ‘टिकटक चलाउने…’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेकी छन् ।

बग्ने खोला र टिकटक चलाउने गीतबाट उनले निकै चर्चा बटुलेकी थिइन् । उनको नयाँ तीज गीतले केटीहरुलाई सोच विचार गरेर बिहे गर्न र केटाहरुलाई मायाप्रितीमा अनावश्यक खर्च नगरी बचत गर्ने बानीको विकास गर्न सन्देश दिएको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,