भावना आचार्यले ल्याइन नयाँ तिज कोशेली– ‘सोच सोच केटी हो…’

सुर्खेत– गायिका भावना आचार्यले तीज कोशेली ‘सोच सोच केटी हो’ बोलको गीत ल्याएकी छिन् । सोमबार भावना आचार्य युट्युब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा कलाकार शिल्पा पोखरेल, राजन अधिकारी, अमृत आचार्य र नविन किशोरको अभिनय रहेको छ ।


स्वर, संगीत र लय भावना आचार्यकै छ । उनलाई रामचन्द्र काफ्लेले स्वरमा साथ दिएका छन् । संगीत एरेन्जर हेमन्त शिशिर तथा भिडियो निर्देशन नितिन चन्द, कोरियोग्राफर सुरेन्द्र बसेल छन् । भावनाले यस अघि ‘बग्ने खोला..’, मुलको पानी, ‘माया बस्ला फेरि…’, ‘टिकटक चलाउने…’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेकी छन् ।

बग्ने खोला र टिकटक चलाउने गीतबाट उनले निकै चर्चा बटुलेकी थिइन् । उनको नयाँ तीज गीतले केटीहरुलाई सोच विचार गरेर बिहे गर्न र केटाहरुलाई मायाप्रितीमा अनावश्यक खर्च नगरी बचत गर्ने बानीको विकास गर्न सन्देश दिएको छ ।