‘शून्यको मूल्य’ र ‘भाषाको बकपत्र’ कृतिलाई यशस्वी अवार्ड

सुर्खेत– सुर्खेती श्रष्टाद्वारा लिखित शून्यको मूल्य र भाषाको बकपत्र पुस्तकलाई यशस्वी अवार्ड प्रदान गरिएको छ । काठमाडौंमा शुक्रबार ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’ का अवसरमा डा नवराज केसीको ‘शून्यको मूल्य’ र डा महेन्द्रकुमार मल्लको ‘भाषाको बकपत्र’ पुस्तकलाई अवार्ड प्रदान गरिएको हो ।

शून्यको मूल्य गैरआख्यान र भाषाको बकपत्र आख्यान कृति हुन् । पेशाले चिकित्सक केसी बालरोग विशेषज्ञ हुन भने मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार मल्ल त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन् । साहित्य महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो ।

सम्मानित हुने अन्य कृतिमा विवेक ओझाको उपन्यास ‘ऐंठन’, रेणुका जिसीको कथा संग्रह ‘सनेस, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधालिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीद्वारा अनुदित ‘अमृता प्रीतमका छानिएका कविता’ र खाद्य तथा औषधि विधामा नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ रहेका छन् ।

त्यस्तै, अंग्रेजी भाषाको संस्मरण लाक्पा देन्डी शेर्पा ‘हिमालयन मेभरिक’ र अंग्रेजी कवितासंग्रह सुशान्त थापाको ‘मिनट्स या मेरिट’लाई उक्त पुरस्कार प्रदान गरिएको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,