कर्णालीमा पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

सुर्खेत–‘घुमौं कर्णाली, हेरौं कर्णाली’ मुख्य थिममा रहेर कर्णालीमा पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) –२०८० सञ्चालन हुने भएको छ । फरक–फरक मितिमा वीरेन्द्रनगर र काठमाडौंमा सञ्चालन हुने महोत्सव कर्णाली प्रदेशमा चलचित्र क्षेत्रको विकास र सम्भावनामा केन्द्रित हुने व्यवस्थापन पक्षले जनाएको छ ।


अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा यही फागुन १८ र १९ गते नेपाल पर्यटन बोर्डको सभाहलमा तथा वीरेन्द्रनगरमा चैत्र ३ गते हुँदैछ । महोत्सवको आयोजक चलचित्र विकास बोर्ड, कर्णाली प्रदेश सरकार, सह–आयोजक गुराँस गाउँपालिका दैलेख रहेका छन् भने प्रर्वद्धक नेपाल पर्यटन बोर्ड र व्यवस्थापक रेडचरी मिडिया प्रालि रहेका छन् ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णाली प्रदेशलाई चलचित्र पर्यटन एवं चलचित्र छायांकनको हब बनाउन सम्भावित स्थलहरुको खोज तथा अनुसन्धान गरी स्वदेश तथा विदेशसम्म पहुँच पु¥याउने उद्देश्य रहेको बताए । “मुख्यतः यो महोत्सवले कर्णालीमा चलचित्र छायांकनको सम्भावनाको ढोका खुल्नेछ,” सुर्खेतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कर्णालीको भाषा, साहित्य, संस्कृति, भेषभुषा, रीतिरिवाज, जीवनशैलीलाई प्रर्वद्धन गर्ने, चलचित्रका माध्यमबाट सामाजिक, आर्थिक र शैक्षिक तथा चेतनावृद्धिको काम गर्ने विश्वास लिएका छौं ।”

महोत्सव व्यवस्थापन टिमका सदस्य निर्मल पौडेलले कर्णाली प्रदेशमा छायांकन भएका चलचित्रलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय चलचित्रकर्मीलाई सम्मान गर्ने, कर्णालीमा चलचित्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकार, स्थानीय तहलाई जवाफदेही बनाउन प्रयास गर्ने जानकारी दिए । उनले पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सफल र परिणाममुखी बनाउन सञ्चारमाध्यमको ठूलो सहयोग रहेको औंल्याए ।

पत्रकार सम्मेलनमा साहित्यकार डा महेन्द्रकुमार मल्लले महोत्सव चलचित्रपे्रमीहरुका लागि स्मरणीय कार्यक्रम हुने विश्वास व्यक्त गरे । “महोत्सव कर्णालीको चलचित्र विकासको कोशेढुंगा साबित हुनेछ,” डा मल्लले भने, “कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भेषभुषा, संस्कृतिहरु चलचित्र निर्माणका स्रोत हुन, यसले कर्णालीका मूर्त–अमूर्त सम्पदाको प्रवद्र्धन गर्न मद्दत पु¥याउनेछ ।” पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन टिमका धिरेन चन्द ठकुरी, सदस्य हिक्मत चन्द, गोपाल बिसी, सिर्जु शाही लगायतको सहभागिता थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले महोत्सव कर्णालीको चलचित्र विकास र प्रर्वद्धनका हिसाबले महत्वपूर्ण भएकाले आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,