भण्डारीले देखाएको मार्गमै नेपाली राजनीति अघि बढेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जननेता मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजका लागि मार्गदर्शक रहेको बताएका छन् ।

जननेता भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ नं. वडा कमिटी वीरेन्द्रनगर, सुर्खेतले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भण्डारीले प्रतिपादन गरेको विचार, सिद्धान्त र व्यवहार आजको राजनीतिक नेतृत्वका लागि अनुकरणीय रहेको बताए । “मदन भण्डारीले देखाएको बाटो दलगत सीमा भन्दा माथि उठेर समावेशी, प्रगतिशील र जनमुखी समाज निर्माण गर्ने बाटो हो, उनले भने, उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि नेपालको राजनीतिमा सान्दर्भिक छ।”

मुलुकमा स्थायित्व, समृद्धि र सामाजिक न्यायको स्थापना गर्न भण्डारीको विचारमा टेकेर अघि बढ्नुपर्ने उनको भनाई थियो । भण्डारीको योगदान केवल राजनीतिक आन्दोलनसम्म सीमित नरहेको, समृद्ध समाज र जनमुखी राज्य निर्माणको दिशामा आधारित रहेको मुख्यमन्त्री कडेलले बताए । भण्डारीको योगदानको चर्चा गर्दै उहाँको मूल्य, दृष्टिकोण र राजनीतिक निष्ठाले आजको पुस्तालाई प्रेरणा दिएको उल्लेख गरे ।

वृक्षारोपण कार्यक्रममा एमाले सुर्खेतका इञ्चार्ज नवराज रावत, केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश कमिटी उपसचिव पद्मा खड्का, एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकाटो लगायतका नेता, कार्यकर्ता, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,