वीरेन्द्रनगरमा संयुक्त नगर माइक्रो बस सेवा सुचारु

सुर्खेत– प्रदेश राजधानी वीरेन्द्रनगरमा संयुक्त नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । संयुक्त यातायात व्यवस्थापन कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शुक्रबार नगर प्रमुख मोहनमाया ढकालले बस सेवाको शुभारम्भ गरिन् ।

शुभारम्भ कार्यक्रममा नगर प्रमुख ढकालले नगरबासीको सहुलियतमा नगर बस चढ्ने सपना पुरा भएको बताइन् । उनले मुख्य बजारको पार्किङ, बसपार्क विस्तार लगायतका काम छिट्टै शुरु गर्न लागेको जानकारी दिइन् । नगर बस सञ्चालनमा नगरपालिकाले सक्दो सहयोग र प्रोत्साहन गर्ने जनाउँदै व्यवसायीको समस्या समाधान गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्का, माओवादी केन्द्रका दानसिंह सुनार, वीरेन्द्रनगर ६ का अध्यक्ष जनक रावल, देउती यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनी, यातायात व्यवसायी लोकबहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश अध्यक्ष रमेश सापकाटाका अनुसार पहिलो चरणमा वीरेन्द्रनगरको धुलियाबिटदेखि बांगेसिमल रुटका लागि १० वटा माइक्रो बस सञ्चालनमा ल्याइएको बताए ।

संयुक्त यातायात व्यवस्थापनले उक्त रुटमा यात्रुले २० रुपैयाँ भाडा तोकिएको छ । हाल मुख्यतः चार लेन सडकको धुलियाबिटबाट पिपिराचोक, मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रो बस सेवा सञ्चालन गरिएको हो । माइक्रोबस १०÷१० मिनेटमा छुट्नेछन् । नगर बस सेवाको सञ्चालन बसपार्कस्थित संयुक्त यातायात व्यवस्थापनले सञ्चालन गर्नेछ । यो सेवा सञ्चालनसंगै अटोरिक्साको मनलाग्दी चर्को भाडा, असुरक्षित भएर यात्रा गर्नुपर्ने बाध्यता अन्त्यमा टेवा पुगेको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,