सुर्खेत- शिवधाम धार्मिक मन्दिरमा अवस्थित गुरुकुल सञ्चालनको लागि अक्षयकोष स्थापनार्थ सोमबारदेखि महापुराण भक्ति ज्ञान महायज्ञ सुरु भएको छ ।
यही फागुन १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा अन्तराष्र्टिय स्वर्णपदक विभूषित पण्डित श्री अमृतशरण देवाचार्यको मुखारविन्दुबाट शिव पुराण वाचन भइरहेको छ । शिवधाम धार्मिक संस्था पञ्चपुरी नगरपालिका ५ सुर्खेतको आयोजना सञ्चालित महायज्ञबाट संकलित दानबाट गुरुकुल सञ्चालन गरिने केशव पाठकले जानकारी दिए ।


कर्णाली समय । ६ फाल्गुन २०८१, मंगलवार ११:५८