विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लगातारको भारी वर्षाबाट हुन सक्ने सम्भावित क्षतिको पूर्वतयारीबारे प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) अनुगमन गरेका छन्।

सामाजिक विकासमन्त्री जितबहादुर मल्लसहित प्रदेश अस्पताल कालागाउँ पुगेका मुख्यमन्त्री शाहीले प्राकृतिक विपद्का कारण नागरिक घाइते भएमा उपचार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) गणेश थापासँग जानकारी लिएका छन्। अनुगमनका क्रममा मुख्यमन्त्री शाहीले आकस्मिक कक्षको अवस्थाका साथै प्राकृतिक विपद्का बेला उपचारका लागि अपनाइने प्रक्रिया र अस्पतालको पूर्वतयारीबारे चासो राखेका थिए।

मेसु थापाले जाजरकोट भूकम्पलगायत विभिन्न दुर्घटनाका क्रममा अस्पतालले गरेको कामको अनुभव सुनाउँदै सम्भावित विपद्बाट हुन सक्ने घटनाको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको जानकारी दिए। उनले अस्पतालको सम्पूर्ण टोली २४ सै घण्टा तयारी अवस्थामा रहने बताए। अस्पतालमा आकस्मिक उपचारका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि, मेडिकल सामग्री र बिरामी राख्ने स्थान पर्याप्त रहेको थापाले जानकारी दिए। उनका अनुसार सम्भावित विपद्लाई ध्यानमा राखेर अस्पतालले पूर्वतयारीसमेत गरेको छ।

मुख्यमन्त्री शाहीले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सबै तयारी गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,