नेटवर्किङ ठगीमा संलग्नलाई थुनामा पठाउन आदेश

सुर्खेत– जिल्ला अदालतले प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत ठगी कार्यमा संलग्न दुई युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधिश दीपक ढकालको इजलासले सुर्खेतको वीरेन्द्रनगर ४ मुलपानीस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक तथा कर्मचारी रहेका २ लाई थुनामा राख्न तथा बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले स्काई ड्रिम इन्टरपेनर्सका सञ्चालक सायल गाउँपालिका २ डोटीका नरेश बोहोरा र बेलडाँडी १ कञ्चनपुरका निर्मला धामीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अन्य ६ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ । धरौटीमा छाडिएकाहरुमा महाकाली गाउँपालिका ४ दार्चुलाका कृष्ण धामी, कमलबजार नगरपालिका ६ अछामका कमल शाही, रवीन्द्र शाही, महाकाली नगरपालिका २ दार्चुलाका मनिषा सिंह, सिगास गाउँपालिका ६ बैतडीका सुनिता साउद र बडिकेदार गाउँपालिका ४ डोटीका चिमाला रहेका छन् ।

रोजगारीको प्रलोभनमा बेरोजगार युवाहरुबाट पैसा संकलन गरी ठगी गरेको सूचना पाएपछि प्रहरीले स्काई ड्रिमको कार्यालयमा छापा हानेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान थालेपछि पीडितहरु धमाधम सम्पर्कमा आएका थिए । स्काई ड्रिम इन्टरप्रेनर्सले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाइ आकर्षक तलब सुविधाको प्रलोभन दिएपनि रोजगारी नदिँदा पीडितहरुले ठगिएको थाहा पाएका थिए । ५१ जना युवाहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
सुर्खेत प्रहरीले ६४ लाख विगो र कैद सजायको माग गर्दै २७ साउन २०८२ मा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अदालतले ठगीको आरोप लागेका मनिषा सिंहसँग ७ लाख ५० हजार, कमला चिमालासँग ६ लाख, कमल शाहीसँग ५ लाख, कृष्ण सिंहसँग १ लाख २५ हजार, सुनिता साउदसँग २५ हजार, रवीन्द्र शाहीसँग १० हजार धरौटी मागेर छाड्न आदेश दिएको हो ।

यता, धरौटी मागेर छाड्न भनिएकाविरुद्ध पुनः प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी परेपछि ६ जना नै कारागारमै रहने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,