वीरेन्द्रनगरका १६ विद्यालयमा ‘भेन्डिङ मेसिन’ जडान

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले १६ वटा माध्यमिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याडको सहज प्रयोग गर्ने उद्देश्यले भेन्डिङ मेसिन जडान गरेको छ ।

नगरपालिकाले ‘सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी’ अभियानका साथ स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै आएको छ । नगर प्रमुख मोहनमाया ढकालले छात्राहरुको सुरक्षित महिनावारीलाई सुनिश्चित गर्न भेन्डिङ मेसिन जडान गरिएको बताइन् । उनका अनुसार छात्राहरु महिनावारी हुँदा विद्यालय नआउने, गुणस्तरीय स्यानिटरी प्याडको अभाव हुन नदिन विद्यालयमै भेन्डिङ मेसिन जडान गरिएको हो । विद्यालयको स्वास्थ्य तथा सरसफाइ कक्षमा मेसिन जडान गरिएका छन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्माले मंगलबार मावि धुलियाविट, नेवारे, इत्राम, डाँडास्कुल, जन मावि, भैरवस्थान, ढोडेखाली, लाटिकोइली, घुस्रा, खजुरा, चिसापानी, तातापानी, कोलडाँडा, कृष्णगञ्ज, पर्सेनी, गाग्रेताल माविमा छात्राका लागि स्यानिटरी प्याड व्यवस्थापन गरेको जानकारी दिए ।

नगरपालिकाले महिनावारी हुने उमेर समूहका छात्रा अध्ययन गर्ने सबै विद्यालयमा यस्तो मेसिन जडान गर्ने तयारी गरेको छ । विद्यालयमै गुणस्तरीय स्यानिटरी प्याडको उपलब्धता भएपछि महिनावारी हुने उमेर समूहका छात्राहरु खुसी भएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,