राष्ट्रपति सुर्खेतमा

सुर्खेत– बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार अपरान्ह यहाँ आइपुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरे ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेत विमानस्थलस्थित नेपाली सेनाको एयर बेस क्याम्पमा शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । उनी भोलि (बिहीबार) बिहान बडीमालिकातर्फ प्रस्थान गर्नेछन् । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत छन् । राष्ट्रपति भोलि नै काठमाडौं फर्किने नेपाली सेनाको उत्तरपश्चिम हेडक्वार्टरले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,