एमयू र वीरेन्द्रनगर नगरपालिकाबीच छात्रवृत्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयू) र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले विहीबार एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगर क्षेत्रभित्र अवस्थित विश्वविद्यालय र प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले पनि सबै क्षेत्रलाई समेटेर लैजानुपर्ने अभिभारा आफूहरुसँग भएको बताइन् । उपकुलपति गौतमले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव र अभ्यासमा आधारित प्रस्तुति गर्दै आफ्नो नेतृत्वकालमा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पास गर्न पहल गरेको बताए । उनले स्थानीय सरकार र विश्वविद्यालयबीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, नगर उपप्रमुख निलकण्ठ खनाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा सहित विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत विभिन्न ग्र्याजुएट स्कूलका डीन, कार्यकारी निर्देशक सहितका पदाधिकारी तथा प्राध्यापक कर्मचारी, स्ववियु अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,