भूकम्प प्रभावितलाई राहत : संयुक्त यातायात व्यवस्थापनले ५ लाखको सामग्री प्रदान गर्ने

सुर्खेत–संयुक्त यातायात व्यवस्थापन सुर्खेतले जाजरकोट भूकम्पका प्रभावितलाई पाँच लाख मूल्य बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त यातायात व्यवसायीको आइतबार बसेको बैठकले राहत सामगी प्रदान गर्ने र घाइते, कुरुवा र मृतकका आफन्तलाई सुर्खेतदेखि आउजाउको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

मध्यपश्चिमाञ्चल बस यातायात सेवा प्रालिका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित सम्पूर्ण यातायात व्यवसायीहरुको उपस्थिति थियो । अध्यक्ष  खड्काले महाविपतीको सामना गरिरहेका जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई तत्काल राहत सामग्री प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कर्णाली प्रदेश संयोजक रमेश सापकोटाले घाइते र उनीहरुका आफन्तलाई आउजाउ गर्दा कुनै समस्या आए संयोजक नारायणकुमार चपाई र सहसंयोजक सोनाम लामालाई सम्पर्क गर्न आग्रह गरे । संयुक्त यातायात व्यवस्थापन सुर्खेतले जाजरकोट भूकम्पप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,