सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको अनलाइन भुक्तानी शुरुवात गरेको छ ।
बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको वीरेन्द्रनगरले चालू आवको अन्तिम त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता सिधै सेवाग्राहीको खातामा भुक्तानी गरेको हो । सामाजिक सुरक्षा भत्ताको अनलाइन भुक्तानी गर्ने वीरेन्द्रनगर कर्णाली प्रदेशमै पहिलो नगरपालिका बनेको छ ।
नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीका अनुसार हालसम्म १२ हजार ५०० नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकोमा १० हजार २४१ जनाको अनलाइन भुक्तानी भइसकेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सामाजिक सुरक्षा भत्ता सिधैं सेवाग्राहीको खातामा आगामी आर्थिक वर्ष पनि अनलाइन माध्यमबाट सामाजिक सुरक्षा भत्ता अनलाइन भुक्तानी गर्ने नीति लिएको छ ।
नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सुरक्षाको अनलाइन भुक्तानीले लाभग्राही बैंकमा जानुपर्ने, लाइन लाग्नुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास व्यक्त गरिन् ।
कर्णाली समय । १७ असार २०८०, आईतवार २०:१७