सुर्खेतमा युवा संघ कर्णालीद्धारा ‘युवा मन्थन’

सुर्खेत–नेकपा (एमाले) का कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले युवाहरु उत्पादनमा जोडिनु पर्ने बताएका छन् । विकास र समृद्धिको नेतृत्व युवाहरुले गर्नुपर्ने भन्दै उहाँले राजनीतिक परिवर्तनसंगै युवाहरुको भूमिका पनि रचनात्मक बन्नुपर्ने बताए ।


राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले युवा संघको ३५ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘कर्णालीको विद्यमान अवस्था र बेरोजगारी समस्याको दीर्घकालिन समाधान’ विषयक युवा मन्थन कार्यक्रममा बोल्दै शाहले युवाहरु देशको भविष्य र आशाका किरणहरु भएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले कर्णाली प्रदेशको भविष्य युवाहरुको हातमा भएको बताए । साथै कर्णाली सरकार युवामैत्री बजेट र कानुन बनाउन सकारात्मक रहेको उनको भनाई छ ।

एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले कर्णाली विकासको प्रमुख समस्या टुक्रे योजना रहेको र अब कर्णाली प्रदेशले बृहत तथा अर्थपुर्ण योजना ल्याउनुपर्ने धारणा राखे । युवा मन्थनमा युवा नेता कुमारविक्रम शाहीले कर्णालीको विद्यमान अवस्था र बेरोजगारी समस्याको दीर्घकालिन समाधान बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्र माथि उप–प्राध्यापक माधवप्रसाद खनाल, युवा नेता किरण किशोर सापकोटा, वाईसिएल इन्चार्ज गणेशबहादुर शाही, पर्यटन व्यवसायी विष्णु ढकाल लगायतले टिप्पणी गरेका थिए ।

राष्ट्रिय युवा युवा संघका प्रदेश अध्यक्ष जीवनबहादुर शाहीले युवाहरु रचनात्मक हुन आवश्यक रहेको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,