मंगलगढी–कांक्रेविहार सडकको डिभाइडरमा वृक्षारोपण

सुर्खेत– वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा मंगलगढी–कांक्रेविहार सडकमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतको सहकार्य र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा शनिबार सडकको डिभाइडर खण्डमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्य शुभारम्भ गर्दै नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई सन् २०३० सम्म मानव बसोबासयोग्य सहर बनाउने लक्ष्य अनुरुप हरित सहर, फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रमलाई जोड दिइएको बताइन् । ‘वीरेन्द्रनगरलाई ग्रिनसिटी बनाउन स्वच्छ, सुन्दर र हरियाली प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेका छौं, सडकको डिभाइडरका साथै छेउछाउमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिएका छौं,’ उनले भनिन्, ‘वृक्षारोपणले सहरको सौन्दर्यता बढ्नुका साथै ग्रिनसिटी बनाउने लक्ष्य हासिल गर्न मद्दत पुग्दछ ।’

वीरेन्द्रनगर ९ का अध्यक्ष ऋषि गिरीले रोपिएका बिरुवाहरु संरक्षण गर्नु स्थानीयको जिम्मेवारी रहेको औंल्याए । उनले वृक्षारोपण कार्यमा सहकार्यका लागि डिभिजन वन कार्यालयलाई धन्यवाद दिए ।

नगरपालिकाका योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेलले चालू आव २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमका रुपमा वृक्षारोपण कार्य सञ्चालन गरिएको जानकारी दिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,