पत्रकार कँडेलद्वारा प्रेस युनियन सुर्खेतलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सुर्खेत– पत्रकार चिन्तामणि कँडेलले नेपाल प्रेस युनियन जिल्ला शाखा सुर्खेतमा अक्षयकोष स्थापनार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । युनियनद्धारा शनिबार आयोजित तीज सद्भाव कार्यक्रममा उनले आफ्नो जन्मोत्सवको अवसरमा सो राशीको चेक उपलब्ध गराएका हुन् ।


युनियनले अक्षयकोषमा प्राप्त ब्याज रकमबाट वर्षेनि एक जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । विगत १८ वर्षदेखि सुर्खेतका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका पत्रकार कँडेलले हाल दर्शन खबर मिडिया सञ्चालन गरिरहेका छन् । चेक बुझ्दै युनियनका अध्यक्ष मधुवन बिसीले अक्षयकोषमा प्राप्त सो रकमबाट पुरस्कार वितरण गर्न प्रोत्साहन मिलेको भन्दै कँडेलको उच्च प्रसंशा गरे ।

कार्यक्रममा नेपाल महिला संघ सुर्खेतकी उपाध्यक्ष देवी भट्टराईले पनि अक्षयकोष स्थापनाका लागि व्यक्तिगत रुपमा ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरिन् । युनियनको तिज सद्भाव कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, प्रेस युनियनका नेताहरु विष्णु न्यौपाने, माया थापा, सुशिल शर्मा, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष प्रकाश अधिकारी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, फोटो पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द केसीले तीजका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,