कर्णाली प्रदेशसभा ः संसदीय समितिले आइतबार नेतृत्व पाउँदै

सुर्खेत– कर्णाली प्रदेशसभा अन्तर्गतका चार वटा विषयगत समितिको नेतृत्व चयन प्रक्रिया शुरु भएको छ । प्रदेशसभाको विहीबारको बैठकमा सभामुख नन्दा गुरुङले निर्वाचत मिति घोषणा गर्नुभएको हो ।

मिति घोषणासंगै उहाँले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिनुभयो । प्रदेशसभा सचिवालयका अनुसार समितिको निर्वाचन जेठ १४ गते बिहान ११ बजेबाट प्रारम्भ हुनेछ । कर्णालीमा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको चार महिनापछि यी समितिहरुमा सदस्य चयन भएका थिए । प्रदेशसभाको १५ औं बैठकमा समिति गठन गरिएको हो । प्रदेशसभा नियमावलीमा प्रदेशसभा पहिलो बैठक बसेको तीन महिनाभित्र समिति गठन गरिसक्ने प्रावधान भएकाले नियम निलम्बन गर्दै समितिको नेतृत्व (सभापति) चयनको प्रक्रिया प्रारम्भ भएको हो । प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

प्रदेश मामिलामा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी, सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, ,तुलसा मल्ल देबेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही हुनुहुन्छ । अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट हुनुहुन्छ ।

त्यस्तै सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत विक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह रहनुभएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,