सुर्खेत- अङ्ग्रेजी नया बर्ष २०२५ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटल सुर्खेतले सास्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
न्यु एयरको अवसरमा सिद्धार्थ होटल सुर्खेतमा चर्चित गायिका शान्तिश्री परियार सहित स्थानीय कलाकारहरुको विभिन्न रोचक प्रस्तुती रहनेछ । सुर्खेतवासीलाई न्यु एयर इभमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौबाट चर्चित गायिकालाई सुर्खेतमा ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
गायिका शान्तिश्री परियारका निकै भाइरल भएका गीतहरू अरेली काँडैले, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधाराको, घर कता हो बहिनीको लगायतका दर्जनों बढी गीत छन् ।
होटलका अपरेसन म्यानेजर रामकृष्ण तिमिल्सेनाका अनुसार कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमाडौंबाट ओपनिङ ब्यान्ड ’स्पर्श ब्यान्ड“ र समापन गर्न सुर्खेतबासीलाई नचाउनको लागि लेडिज डिजे पिज्जाको प्रस्तुति रहनेछ भने यस कार्यक्रमको सञ्चालक कुमारशमशेर थापाले गर्नेछन् । यसै गरी सिद्धार्थ होटेलले नया वर्षको अबसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको व्यवस्था मिलाएको छ । कार्यक्रमका लागि एकजनाको १५०० र बच्चालाई १००० रुपैयाँ टिकट शुल्क रहेको छ । यो प्याकेजमा वेलकम ड्रिङ्ङ्क्समा जुस अथवा क्यानबियर बच्चाको हकमा जुस र सबैलाई डिनरको व्यवस्था रहेको छ ।
सिद्धार्थ सुर्खेतको एक मात्रै चारतारे होटेल हो । सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका बिभिन्न स्थानमा होटेल, रिसोट, रेष्टुरेन्ट, क्याफे. सहित ३० वटा आउटलेटहरु संचालन गर्दै आएको छ । दुई महिना भित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवल सँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ ।


कर्णाली समय । १५ पुष २०८१, सोमबार ०९:४५