कर्णालीमा सत्तारुढ दुई दलका नेताको अपिल–‘थप एकताबद्ध भएर अघि बढौं’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र पूर्व मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । संयुक्त वक्तव्य जारी गर्दै नेताद्धयले राष्ट्र र संघीय लोकतान्त्रिक गणतन्त्र सामू गम्भिर चुनौती उत्पन्न भएको प्रतिकुल अवस्थामा राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई धैर्य रहन आग्रह गरेका हुन् ।

नेताद्धयले आम नागरिक र खास गरि युवा पुस्ता बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढनुलाई अन्यथा मान्नु नहुने बताएका छन् । ‘विगतका कमजोरीहरुलाई सच्याउन र आत्मसमिक्षा एवं आ—आफ्नो ठाँउबाट सुधार गर्दै युवा पुस्तासहित नागरिकमा भरोसा बढाउँदै जानुपर्ने वास्तविक यर्थाथतालाई हामी सबैले स्वीकार्नै पर्दछ,’ अपिलमा भनिएको छ, ‘अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो ।’

अपिलमा जेनजी आन्दोलनका नाउमा मुलुकका ऐतिहासिक सार्वजनिक संरचना, व्यक्तिका निजी सम्पतिमा गरिएको विध्वंशको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ । साथै नेताद्धय कँडेल र शाहीले आन्दोलनका क्रममा भएको मानवीय र भौतिकप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,