सुर्खेत– रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा वीरेन्द्रनगरमा शनिबार प्रथम ज्ञान कर्णाली हाफ म्याराथन सम्पन्न भएको छ । ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको प्रतियोगितामा प्रदेश खेलकूद विकास परिषद्, वीरेन्द्रनगर नगरपालिका लगायतका निकायको आर्थिक सहयोग रहेको थियो । हाफ म्याराथन (२१ किमी दौड) मा पुरुष र महिलातर्फ अलग अलग प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा एक हजार बढीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरेका थिए । तस्बिरमा हेर्नुस, प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

कर्णाली समय । २९ बैशाख २०८१, शनिबार १३:३२