पाँच दिनपछि सुचारु भयो कर्णाली राजमार्ग

सुर्खेत– पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राती परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

कर्णाली राजमार्ग अन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एसमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबाहक सवारीहरु गन्तव्यतर्फ हिँडेको कालीकोट प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरु पाँच दिनदेखि अलपत्र परेका थिए । जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक, एक सय सात टन अर्थात सात करोड मूल्य बराबरको स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए । सडक सुचारु भएसंगै स्याउका ट्रकलाई पहिलो प्राथमिकताका साथ गन्तव्यतर्फ पठाएइको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,