विहीबारदेखि श्रमाधान रोजगार मेला, कर्णालीमा जेठ २५ र २६ गते

सुर्खेत- भोलि (बिहिबार) देखि ‘श्रमाधान रोजगार मेला’ शुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको शुरुवात गर्ने भएको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । मेला देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुनेछ ।युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गरेर लैजानु हो ।

जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्रप्रसाद रिजालले बताए । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।

आगामी वर्षदेखि सातै प्रदेश र पालिका स्तरमा पुग्ने गरी बजेट विनियोजन गर्ने मन्त्रालयको तयारी छ । ‘मेला रोजगार दिने र माग्नेबीचको सेतु भएकाले स्थानीय स्तरसम्म यसलाई लैजान जरुरी छ,’ प्रवक्ता रिजालले भने, ‘मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ, मेलापछि मन्त्रालयले रोजगार बैंक बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्यांक र क्षमताबारे स्पष्ट उल्लेख हुनेछ । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले पनि स्टल राख्नेछन् ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,