प्रमुख कार्यकारी अधिकृत रिक्त रहेको नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा बोर्ड सदस्य मिलन देवकोटालाई सदस्य सचिव तोकिएको छ ।

बार्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिपक काफ्लेले बोर्डको संचालक समिति सदस्य देवकोटालाई बोर्डको सीइओ नियुक्त नहुञ्जेलसम्मका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
‘नेपाल पर्यटन बोर्डमा हाल कार्यकारी प्रमुख रिक्त रहेकाले नेपाल पर्यटन बोर्ड ऐनबमोजिम कार्यकारी प्रमुखको नियुक्त नभएसम्म बोर्डको कार्यकारी समिति सदस्य मिलन देवकोटालाई कार्यकारी समितिको सदस्य सचिव भई कामकाज गर्न तोक्ने,’ शुक्रबारको बोर्ड बैठकले गरेको निर्णयमा उल्लेख छ ।
२०७६ माघमा चार वर्षका लागि नियुक्त भएका सीइओ धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।

कर्णाली समय । २७ माघ २०८०, शनिबार ०९:२३