प्रमुख कार्यकारी अधिकृत रिक्त रहेको नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा बोर्ड सदस्य मिलन देवकोटालाई सदस्य सचिव तोकिएको छ ।

बार्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिपक काफ्लेले बोर्डको संचालक समिति सदस्य देवकोटालाई बोर्डको सीइओ नियुक्त नहुञ्जेलसम्मका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
२०७६ माघमा चार वर्षका लागि नियुक्त भएका सीइओ धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।



कर्णाली समय । २७ माघ २०८०, शनिबार ०९:२३