टेलिकमद्वारा प्रशान्ति वृद्धाश्रमलाई सामग्री हस्तान्तरण

सुर्खेत- नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशान्ति वृद्धाश्रम सुर्खेतलाई सामाग्री प्रदान गरेको छ । टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा. कमल लामिछानेले वीरेन्द्रनगर–३ मा अवस्थित प्रशान्ति वृद्धाश्रमलाई सहयोग सामाग्रीहरू हस्तान्तर गरे ।

टेलिकमले ५ थान लो बेड, १५/१५ थान प्लास्टिकको कुर्ची र कुसन हस्तान्तरण गरेको हो । ‘नेपाल टेलिकम नाफामूलक भन्दा सेवामुखी संस्था भएकोले देश र समाजप्रति उत्तरदायी राष्ट्रिय संस्था भएको हो, डा लामिछानेले भने, ज्येष्ठ नागरिकलाई खुसी जीवनयापनका लागि वृद्धाश्रमलाई सहयोग गर्न पाउँदा खुसी छौं ।’  प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले नेपालको सञ्चारक्षेत्रमा अग्रणी नेपाल टेलिकमले सामाजिक क्षेत्रमा सहयोगी हात बढाएकोमा धन्यवाद दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा टेलिकम प्रादेशिक निर्देनालय सुर्खेतका उपप्रबन्धक प्रशान्त अधिकारी, लेखा अधिकृत विमल पोखरेल तथा सहायक व्यापार अधिकृत मोतीराम भट्टराईको समेत उपस्थिति रहेको थियो । अशक्त, असहाय तथा घरपरिवारबाट अपहेलित ज्येष्ठ नागरिकहरूलाई उनीहरूको उत्तरार्ध जीवन आनन्दयम तरिकाले स्वच्छ तथा रमणीय वातावरणमा बिताउन पाउन भन्ने उद्देश्यका साथ सुर्खेतका समाजसेवी गोविन्दमान श्रेष्ठको अगुवाइमा समौजीघाटमा २०५४ सालमा प्रशान्ति वृद्धाश्रममा स्थापना भएको हो ।

त्यहाँ हाल २९ जना वृद्धवृद्धाहरूले आश्रय लिइरहेका छन् ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,