एमाले सुर्खेतमा देवकोटाको प्यानलै निर्वाचित

सुर्खेत– नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे । खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए ।
देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएको छ । उपाध्यक्षमा मोहनसिं बडुवाल निर्वाचित भएका छन् । सचिवमा डम्बर तिवारी, उप–सचिव खुलामा टिकाराम सोमै र महिलामा सुशिला विश्वकर्मा निर्वाचित भएका छन् ।

सदस्यहरूको मतगणना भने जारी छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,