भावनाको नयाँ म्युजिक भिडियो ‘खाने भातै हो, जाने घाटै हो’ सार्वजनिक

काठमाडौं- दैलेखमा जन्मिएकी चर्चित लोकगायिका तथा मोडल भावना आचार्यले जीवनदर्शन र सामाजिक सन्देश बोकेको नयाँ लोकगीत ‘खाने भातै हो, जाने घाटै हो’ सार्वजनिक गरेकी छन् । भावना आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार साँझ सार्वजनिक गरिएको गीतमा गायिका आचार्यसँगै गायक प्रताप दासको स्वर रहेको छ ।

गीतको शब्द, संगीत तथा प्रस्तुति स्वयं भावना आचार्यकै रहेको छ । सार्वजनिक हुनुअघि नै गीतको प्रोमो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो ।
‘खाने भातै हो, जाने घाटै हो’ बोलको गीतले धन–सम्पत्तिप्रतिको मोहभन्दा मानवीय सम्बन्ध, असल कर्म र सदाचारलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । लोकभाकासँग आधुनिक संगीत संयोजन गरिएको गीतमा जीवनको वास्तविकता र सामाजिक चेतनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा कलाकारहरूको जीवन्त अभिनय, ग्रामीण परिवेश र सन्देशमूलक दृश्य संयोजन गरिएको छ । भिडियोको निर्देशन तथा छायांकन पक्ष पनि गीतको भावअनुसार प्रस्तुत गरिएको देखिन्छ ।

लामो समयदेखि काठमाडौंमा रहेर लोकदोहोरी गायन र मोडलिङ क्षेत्रमा सक्रिय भावना आचार्यका ‘बग्ने खोला बगी को’, सोच सोच केटी हो नत बने हिरोइन, चट्ट रातो सारीमा, टिकटक चलाउने लगायतका गीत यसअघि पनि दर्शक–श्रोतामाझ लोकप्रिय बनेका छन् । पछिल्लो गीतमार्फत उनले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने प्रयास गरेकी छन् । गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको भावना बताउँछिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,