सुर्खेत– त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुगेको हो ।
आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको छ । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको छ । गण्डकीको ३ खेलमा ६ अङ्क बनाएको छ । एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क भएको छ ।
यस्तै सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो ।
कर्णाली समय । २३ पुष २०८०, सोमबार १९:३७