बसाइँसराइको असर : कालीकोटको महाबै गाउँपालिकाद्धारा सुर्खेतमा बायोमेट्रिक शिविर !

सुर्खेत– बसाइँसराइँले पहाडी गाउँघरहरु प्रायः रित्तो भइसके । सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिक त बढ्दो बुढ्यौलीले गाउँ जान सक्ने अवस्थामा पनि छैनन् ।

आफ्ना ज्येष्ठ नागरिकहरु अधिकांश सुर्खेतमै भएपछि कालीकोटको महाबै गाउँपालिकाले वीरेन्द्रनगरमै बायोमेट्रिक (व्यक्तिको औंठाछाप) शिविर सञ्चालनमा ल्याएको छ । महाबै गाउँपालिकाले यही साउन १२ देखि १९ गते सम्मका लागि वीरेन्द्रनगर १ ढोडेखालीस्थित दिव्यश्वरी कटेजमा शिविर सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सामाजिक सुरक्षा भत्ता बुझने ज्येष्ठ नागरिकहरुको सुविधाका लागि वीरेन्द्रनगरमै बायोमेट्रिक शिविर सञ्चालन गरिएको जानकारी दिए । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले बायोमेट्रिक विधिबाट अनिवार्य परिचयपत्र नविकरण गर्नुपर्दछ ।

गाउँपालिकाले सूचना जारी गर्दै सुर्खेत, बर्दिया, बाँके र कैलालीमा बस्ने ज्येष्ठ नागरिकका लागि सुर्खेतमा शिविर राखिएको गाउँपालिकाको पञ्जिकरण शाखामा कार्यरत मनराज कार्कीले बताए । ‘अहिले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ उनले भने, ‘सामाजिक सुरक्षा लिने ज्येष्ठ नागरिक सबै गाउँमा हुनुहुन्न, कोही बिरामी भएर वा आफन्तको बस्नु भएकाले सुर्खेतमा शिविर राखेका हौं ।’

हालसम्म ९० जना लाभग्राहीले बायोमेट्रिक विधिबाट नविकरण गरेको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,