‘कर्णालीको स्याउले हजारौंलाई रोजगारी दिनसक्छ तर राज्यको नीति सहयोगी भएन’

सुर्खेत–जुम्लाकी नारायणी चौलागाई आफैले स्याउ खेती गर्न थालेको १९ वर्ष भयो । यद्यपि उनको परिवारले भने २०२६ सालदेखि स्याउ खेती गर्दै आएको थियो । पछिल्ला केही वर्ष यता जुम्लाको स्याउले बजार पाएको दाबीका बीच नारायणीले जलवायु परिवर्तन, सडक अवरोध, बजार नीतिका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो सुनाइन् ।


मंगलबार सुर्खेतमा आयोजित कर्णाली उत्सव (कुडा कर्णालीका) को छैटौं संस्करणमा ‘स्याउ सह’ सेसनमा जुम्लाकी नारायणीले कर्णालीका समग्र स्याउ किसानका समस्या र सम्भावनाबारे चर्चा गरिन् । उनले स्याउ खेती तथा बजारमा देखिएका समस्या सुनाउँदै गर्दा कृषि प्रसार अधिकृत धनबहादुर कठायतले प्रदेश सरकारले प्रांगारिक मल, नयाँ प्रविधिमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेको बताए । स्याउ कृषक नारायणी, कृषि प्रसार अधिकृत कठायत, वीरेन्द्रनगरका फलफूल व्यवसायी प्रबल शाही र जुम्लाकै प्रदेश सांसद देवेन्द्रबहादुर शाहीबीच स्याउ संवादमा गर्दै थिए, अध्येता आकाश श्रेष्ठ ।

सहजकर्ता श्रेष्ठले संवादको सुरुमै स्याउको विश्व बजारबारे चर्चा गरे । गत वर्ष विश्वमा ८ खर्ब रुपैयाँ बराबरको निर्यात भयो । यसमा इटाली, चीन जस्ता मुलुकले एक खर्ब बराबर निर्यात गरे । तर नेपालले गत वर्ष कति स्याउ निर्यात ग¥यो भन्ने तथ्यांक छैन् । नारायणीले चालू आवमा जुम्लाबाट मात्रै ६१ करोड ४१ लाख रुपैयाँको स्याउ जुम्ला निर्यात गरेको तथ्यांक प्रस्तुत गरिन् । उनका अनुसार यसमा काचो र बिचौलियाले निर्यात गरेको तथ्यांक समावेश छैन् । ५० प्रतिशत जति स्याउ त जुम्लामै कुहिएको अवस्था छ ।

नारायणीले जुम्लालाई स्याउ विशेष क्षेत्र घोषणा गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘कर्णालीलाई अर्गानिक घोषणा गरिएको छ, अब स्याउमा प्रयोग गर्नैपर्ने विषादी हामी पाउँछौं वा पाउँदैनौं, हाम्रो भविष्य के हुन्छ भन्ने यो घोषणाले अन्योलमा पारेको छ ।’ प्रविधि हस्तान्तरण गर्दा ५० प्रतिशत लगानी कृषकले गर्नुपर्ने भनिएको छ, यसमा हाम्रा साना कृषकहरुले यो लगानी गर्न सक्दैनन् । ‘हामीले उत्पादन गरेको स्याउ अहिले देशभित्रै बजारमा बेचेका छौं, यदि हामीले उद्योग स्थापना गरेर स्याउलाई गुणस्तर बनाएर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्यौं भने अझ धेरै मूल्य पाउन सक्छौं, उनले भनिन्, ‘राज्यले उचित नीति र सडक सञ्जाललाई भरपर्दो बनायो भने कर्णालीका स्याउ कृषकले हजारौं रोजगारी सिर्जना गर्न सक्ने क्षमता राख्दछौं ।’

स्याउ व्यवसायी प्रबलले उत्पादनमा गुणस्तर नहुनु, ग्रेडिङ नहुनु, सडकको गुणस्तर लगायतका चुनौती रहेको बताए । कृषकले उत्पादन गरेको स्याउलाई विभिन्न शीर्षकमा राखेर बजारीकरणको ग्यारेण्टी गर्न हामी व्यवसायी तयार रहेपनि राज्यबाट सहयोग नभएको गुनासो गरे । स्याउबाट बन्ने पेय पदार्थ कम्पनीहरुसँग समन्वय गराएर पूर्ण रुपमा उत्पादन खपत गराउन पहल भएपनि सरकारले यसका लागि सुरक्षा ग्यारेण्टी गर्न नसकेको उनको भनाई छ ।

कृषि प्रसार अधिकृत धनबहादुर कठायतले १० वटा प्रांगारिक मलले स्याउको उत्पादन बढेको पाइएकाले रासायनिक मलको जरुरी नभएको बताए । उनका भनाईमा विगतमा जुम्लाको स्याउलाई जति राम्रो मानिन्थ्यो, अहिले त्यो गुणस्तर कायम गर्न सकेको छैन् । जुम्लाका प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सडकको पहुँचपछि स्याउको बजारीकरण गर्न सहज भएको बताए । जुम्लासँगै स्याउ फल्ने अपर कर्णालीलाई स्याउ जोन बनाउन, प्रदेश सरकारलाई स्याउ बोर्ड गठन गर्न आवाज उठाउँदै आएको जनाए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,